
दादुरा–रुबेला खोप अभियान–२०७६/७७ पोखरा महानगरपालिकामा स्थगित गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण महानगर प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा आइतवार बसेको बैठकले चैत १० देखि २२ सम्म पूर्व निर्धारित खोप अभियान हाललाई स्थगित गर्ने निर्णय गरेको हो ।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक हेमन्त शर्मा पौडेलका अनुसार कोरोना संक्रमणको सम्भावित जोखिमको पूर्व तयारी अवस्थामा रहन आग्रह गर्दै नियमित खोप कार्यक्रम भने यथावत रुपमा सञ्चालन हुने जनाएका छन् ।