१३ असार २०८३, शनिबार

चन्द्रागिरी केबलकार अनिश्चितकालका लागि बन्द

चन्द्रागिरी केबलकार अनिश्चितकालका लागि बन्द
फाइल फोटो

चन्द्रगिरी हिल्सद्वारा सञ्चालित केबलकार बन्द भएको छ ।

विश्वव्यापी रूपमा फैलिएकाे काेराेना भाइरसकाे महामारीले गर्दा आइतवारदेखि अनिश्चितकालका लागि चन्द्रगिरी हिल्सका केबलकारहरू बन्द भएका हुन् ।

कम्पनीका महाप्रबन्धक अभिषेकविक्रम शाहले सरकारकाे नीति र निर्देशन पालनाका साथै राेग फैलन नदिन सजग हुनुपर्ने भन्दै हिल्सकाे बाेर्डकाे निर्णय अनुसार केही दिनकाे लागि केबलकार बन्द हुने जानकारी दिए ।

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै अत्यावश्यकबाहेकका सेवा बन्द गर्न निर्देशन दिएका थिए ।

‘अस्ति सरकारले अत्यावश्यकबाहेकका अन्य बन्द गर्न निर्देशन दिएसँगै हामीले पनि बन्द गर्न लागेका हौं,’ शाहले भने भने ।

salt training

कमेन्ट गर्नुहोस्