२६ असार २०८३, शुक्रबार

कोरोनाको त्रास फैलिरहेका बेला विना काम घरबाहिर निस्किएका युवालाई प्रहरीले सडकमै गरायो उठबस

कोरोनाको त्रास फैलिरहेका बेला विना काम घरबाहिर निस्किएका युवालाई प्रहरीले सडकमै गरायो उठबस

कोरोना संक्रमण फैलिरहेका बेला भारतमा आइतवार 'जनता कर्फ्यू' लगाइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले स्व:स्फूर्त रूपमा घरभित्रै रहन आग्रहसहित जनता कर्फ्यू लागू गरेका हुन् ।

बिहानैदेखि भारत सुनसान छ । सडकमा सुरक्षाकर्मीहरू मात्र देखिएका छन् ।

फाट्टफुट्टरूपमा बाहिर निस्किएकाहरूलाई पनि प्रहरीले भित्र फिर्ता पठाइरहेका छन् । 

कतै प्रहरीले फूल दिएर घर फिर्ता पठाएको खबर सार्वजनिक भएको छ भने कतै सडकमै उठबस गराइएको छ ।

पुणेको मञ्चर इलाकामा विनाकाम घरबाट निस्किएका युवाहरूलाई प्रहरीले उठबस गराएको छ ।

सडकमा घुम्दै गरेका युवालाई प्रहरीले बाहिर निस्किनुको कारण सोधे । तर उनीहरूले कारण बताउन नसकेपछि उठबस गराइएको खबर दैनिक भास्करमा छ ।

salt training

कमेन्ट गर्नुहोस्