१४ असार २०८३, आइतबार

बालुवाटारमा शुरू भयो मन्त्रिपरिषद् बैठक, केही विशेष निर्णयको तयारी

बालुवाटारमा शुरू भयो मन्त्रिपरिषद् बैठक, केही विशेष निर्णयको तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आइतवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरू भएको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड १९ (कोरोना)सँग जुध्न सरकारले मन्त्रिपरिषद् बैठकमार्फत केही महत्त्वपूर्ण निर्णय लिन सक्ने आंकलन गरिएको छ ।

'बैठकमा प्रधानमन्त्रीज्यूले केही विशेष प्रस्ताव ल्याउने मेरो अनुमान छ,' एक मन्त्रीले लोकान्तरसँग भने ।

मन्त्रिपरिषद बैठक शुरू हुनुभन्दा अघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति निवास शितलनिवास पुगेका थिए ।

राष्ट्रपति-प्रधानमन्त्रीबीच भएको भेटघाटमा कोरोना रोकथामकै विषयमा चर्चा भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्