दुबई, ७ चैत्र– एउटा विरालो समात्न दुबईको सिभिल प्रहरीले व्यस्त सडक खाली गरेको भिडियो अहिले भाइरल भइरहेको छ ।
दुबईको व्यस्त सडकमा बसिरहेको एउटा कालो विरालोलाई समात्न सिभिल प्रहरीले व्यस्त सडक खाली गरेका थिए । दुबईको राजधानी आबुधावीको चारलेनको सडकको बीचमा बसिरहेको उक्त विरालो समात्न ४ सिभिल प्रहरी खटिएका थिए ।
विरालो समात्न व्यस्त सडक खाली गराएपछि भने सडकमा निकै लामो ट्राफिक जाम देखिएको थियो ।
प्रहरीले विरालो समात्दै गरेको उक्त दृश्य आबुधावी नेटवर्कमा अपलोड गरिएपछि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
एजेन्सी