१५ असार २०८३, सोमबार

आलियाले छोडिन ‘आरआरआर’, किन ?

चैत १०, २०७६
आलियाले छोडिन ‘आरआरआर’, किन ?

निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ केही समयदेखि चर्चामा छ । यो फिल्मबाट बलिउड अभिनेत्री आलिया भट्ट साउथ फिल्ममा डेब्यु गर्न लागेकी थिइन् । 

अहिले डेट मिलाउन नसकेर आलियाले राजामौलीको यो फिल्म छोडेको खबर सार्वजनिक भएको छ । 

एक रिपोर्टअनुसार ‘गली ब्वाई’ अभिनेत्री यो महिनाको शुरूआतमा आरआरआरका लागि हैदराबाद, गुजरात र पुनेमा सुटिङ योजनामा थिइन् तर कोरोना भाइरसका कारण फिल्मको सुटिङ स्थगित गरिएको छ ।

राजामौली लगातार आलियाका म्यानेजरसँग सम्पर्कमा छन् । उनी मे महिनाका लागि उनको डेट लिने प्रयास गरिरहेका छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्