०९ साउन २०८३, शनिबार

कोरोना रोक्न घरदैलो गर्दै जनप्रतिनिधि

चैत १०, २०७६
कोरोना रोक्न घरदैलो गर्दै जनप्रतिनिधि
प्रतिकात्मक तस्वीर

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सूर्यबहादुर शाहीले नागरिकको घरदैलोमा पुगेर कोरोना भाइरसविरुद्ध चनचेतना फैलाउन जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् ।

नगर प्रमुख शाहीले प्रेस विज्ञप्ति जारी गर्दै नागरिकको स्वास्थ्यभन्दा ठूलो केही नभएकाले घरदैलोमा पुगेर भाइरसविरुद्ध जनचेतना फैलाउन निर्देशन दिए ।

भाइरसबाट बच्न सार्वजनिक समारोह नगर्न, २५ जनाभन्दा बढी नागरिक जम्मा नहुने, अत्यावश्यक दैनिक कामबाहेक हिँडडुल नगर्न, बिरामी भेट्न अतिआवश्यक बाहेक अस्पताल नजान, मेला पर्व भीडमा विना काम नजान, जानैपर्ने अवस्थामा आवश्यक सतर्कता अपनाउन नगरबासी प्रमुखले अपिल गरेका छन् ।

नगरबासीको स्वास्थ्य सुरक्षाका विषयमा नगरपालिका प्रतिबद्ध रहेको जानकारी गराउँदै शाहीले सबैलाई आ–आफ्नो स्वास्थ्य अवस्थाबारे सचेत रहन, रोकथामका उपाय अवलम्वन गर्न आह्वान गरिएको छ ।

नगर स्वास्थ्य व्यवस्थापन समितिको बैठक बसेर नगरपालिकाका प्रमुख नाकामा भाइरसविरुद्ध जनचेतना फैलाउन र चेकजाँच गर्न ‘हेल्थ डेस्क’ स्थापन गर्ने निर्णय भएको नगरपालिका नायब सुब्बा लोकेशकुमार शाहीले जानकारी दिए ।

कर्णाली राजमार्गबाट नगरपालिका आउने मुख्य प्रवेशद्वार साङ्गेतडा, मध्य पहाडी राजमार्गको प्रमुख प्रवेशद्वार लैनचौर र नगरपालिकाको सदरमुकाम जम्बुकाँधमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय भएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्