०७ साउन २०८३, बिहीबार

कोरोनाका कारण कोलम्बियाको कारागारमा दंगा, २३ जनाको मृत्यु

चैत १०, २०७६
कोरोनाका कारण कोलम्बियाको कारागारमा दंगा, २३ जनाको मृत्यु

कोरोनाभाइरसका विषयमा कोलम्बियाको ला मोडेलो कारागारमा दंगा हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको देशका न्यायमन्त्रीले बताएकी छन् । 

शनिवार राति हिंसा मच्चिँदा सातजना गार्ड घाइते भएका थिए । कारागारको सरसफाइको स्थिति राम्रो नरहेको भनी कैदीहरूले विरोध गर्ने क्रममा हिंसा भड्किएको थियो । दुईजना गार्डको स्थिति गम्भीर रहेको न्यायमन्त्री मार्गरिता काबेलोले आइतवार बताइन् । 

कैदीहरूले भाग्नका लागि दंगा मच्चाएको र देशका अन्य कारागारमा पनि यस्तै किसिमका दंगाहरू भएको उनको भनाइ छ ।

ला मोडेलोमा हिंसा निकै नराम्ररी मच्चियो । सामाजिक सञ्जालमा देखिएका भिडियोहरूमा कैदीहरूले सरसामान जलाएको र एक गार्डलाई गम्भीर चोटपटक लागेको देखिन्छ । 

पब्लिक डिफेन्डर्स अफिसले सरकारलाई कारागार संकटकाल घोषणा गर्न आह्वान गरेको छ ताकि निश्चित वर्गका कैदीहरूलाई अस्थायी रूपमा रिहा गर्न सकियोस् । 

अशान्ति मच्चिँदा कुनै पनि कैदी नभागेको काबेलोले बताइन् । ‘यस्तो दंगा भड्किनका लागि सरसफाइको समस्या आएको छैन । कुनै पनि कैदी वा कारागार कर्मचारीमा कोरोनाको संक्रमण देखिएको छैन,’ उनले भनिन् । 

कोभिड–१९ फैलिनबाट रोक्नका लागि कोलम्बियाले मंगलवार रातिदेखि देशभरि लकडाउन लगाउने भएको छ । कुल २३१ जनालाई कोरोना लागेको पुष्टि भएको छ भने दुईजनाको मृत्यु भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्