१९ असार २०८३, शुक्रबार

जापानको टोक्योमा हुने ओलम्पिक संकटमा, क्यानडा र अस्ट्रेलिया सहभागी नहुने

चैत १०, २०७६
जापानको टोक्योमा हुने ओलम्पिक संकटमा, क्यानडा र अस्ट्रेलिया सहभागी नहुने

क्यानडाको ओलम्पिक कमिटी र पारालम्पिक कमिटीले जापानको टोक्योमा जुलाई महिनामा हुन लागेको ओलम्पिकमा भाग नलिने जनाएको छ । कोरोनाभाइरस फैलिएका कारण ओलम्पिकमा आफ्ना खेलाडी नपठाउने क्यानडाको भनाइ छ । 

ओलम्पिक आयोजनाका विरुद्ध विगत ४८ घन्टामा व्यापक आवाज उठिरहेका छन् । अमेरिकी तथा बेलायती खेलाडीहरूले अनि अनेकौं राष्ट्रिय ओलम्पिक कमिटीहरूले ओलम्पिकको मिति सार्न आह्वान गरेका छन् । 

कोरोना फैलिएपछि १४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । 

क्यानडापछि अस्ट्रेलियाले पनि ओलम्पिकमा सहभागिता नजनाउने बताएको छ । 

यसैबीच जापानका प्रधानमन्त्री शिन्जो आबेले अहिले स्थितिमा ओलम्पिक सार्न सकिने किनकि खेलाडीहरू सबै खेलका लागि नआउने जस्तो देखिएको बताएका छन् । 

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सन् २०२१ मा ओलम्पिक खेल आयोजना गर्न सकिने विषयमा विचार गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्