०१ साउन २०८३, शुक्रबार

चन्द्रागिरि महोत्सवमा एक लाख दर्शक

कात्तिक २०, २०७४
चन्द्रागिरि महोत्सवमा एक लाख दर्शक

काठमाडौँ, ७ वैशाख - चन्द्रागिरि नगरपालिकाद्वारा आयोजित चन्द्रागिरि महोत्सवमा करिब एक लाख दर्शकको सहभागितामा आज सम्पन्न भएको छ ।

गत चैत २९ गतेदेखि आजसम्म आयोजित उक्त महोत्सवमा काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट सर्वसाधारण सहभागी भएका थिए । उक्त कार्यक्रममा स्थानीय उत्पादनको प्रवद्र्धन तथा सम्पदा संस्कृतिका बारेमा जानकारी गराइएको थियो । काठमाडौँ उपत्यका भित्रने महत्वपूर्ण नाकाका रुपमा रहेको सो क्षेत्रमा भालेश्वर मन्दिर, आधुनिक नेपाल निर्माणका क्रममा कीर्तिपुर युद्धमा मारिएका योद्धा कालु पाँडेको समाधिस्थल, इन्द्रदह, दहचोकलगायत रमणीयस्थल छन् ।

त्यस्ता सम्पदास्थलका बारेमा प्रचारप्रसार गरी पर्यटकलाई आकर्षित गर्न महोत्सव आयोजना गरिएको नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद जैसीले जानकारी दिनुभयो । महोत्सवका आवसरमा आज राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता वासुदेव पौडेलललाई त्यस क्षेत्रको समाचार सम्प्रेषणमा विशेष योगदान पु¥याएबापत आज सम्मानसमेत गरिएको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्