![कोरोनाविरुद्ध लड्न यस्तो छ नेपाली सेनाको तयारी [विज्ञप्तिसहित]](https://lktcdn2.prixacdn.net/media/Nepal_Army_fighting_with_corona_6_czkXfknCMI.jpg)
कोरोना भाइरस (कोभिड – १९) ले विश्वव्यापी महामारी निम्त्याइरहेका बेला नेपाली सेनले सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अघि बढाएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डा काठमाडौंले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाविरुद्ध लड्नका लागि भइरहेको तयारीबारे जानकारी गराएको हो ।
'कोरोना भाइरसको कुनै केस आएमा नेपाली सेनाका (डाक्टर सहितको) रथीवृन्द तथा अधिकृतहरू सहितको कोर टीम गठन गरी सम्पूर्ण युनिट र सब युनिटहरू तथा अन्य सरकारी निकायसँग आवश्यक समन्वय गर्ने संयन्त्रको व्यवस्था मिलाइएको छ,' नेपाली सेनाद्वारा सोमवार जारी विज्ञप्तिमा भनिएको छ ।
नेपालमा कोरोना भाइरसको दोस्रो संक्रमित भेटिइसकेको छ । फ्रान्सबाट फर्किएकी एक विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि सोमवार सरकारले गरेको हो ।
हेर्नुहोस्, सेनाको तयारीबारेको विज्ञप्ति :

