०१ असार २०८३, सोमबार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको एक महिनाको पारिश्रमिक कोषमा

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको एक महिनाको पारिश्रमिक कोषमा
फाइल तस्वीर

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना भाइरसविरुद्ध जुध्न सरकारले बनाएको केन्द्रीय राहत कोषमा एक महिनाको पारिश्रमिक बराबरको रकम उपलब्ध गराउने भएका छन् ।  

आइतवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कोष स्थापनाको निर्णय गरेको थियो । सो कोषमा अध्यक्ष तिमिल्सिनाले आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका हुन् ।

उनले संघीय संसद् सचिवालयको आर्थिक शाखालाई पत्रमार्फत आफ्नो एक महिनाको तलब कोषमा जम्मा गरिदिन निर्देशनसमेत दिएका छन् । 

अध्यक्ष तिमिल्सिनाले सरकारको कोष बनाउने निर्णयको स्वागत गर्दै विश्वमा देखिएको सन्त्रासमा सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरेका छन् । उनले सरकारले कोरोनाबाट बच्नका लागि दिएका निर्देशनहरू पालना  गर्न सबैलाई आग्रहसमेत गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्