१९ असार २०८३, शुक्रबार

शक्तिको आडमा आफूलाई पायक पर्ने ठाउँमा बस्ने प्रहरीको निद हराम

कात्तिक २०, २०७४
शक्तिको आडमा  आफूलाई पायक पर्ने ठाउँमा बस्ने प्रहरीको निद हराम
काठमाडौँ, ८ बैशाख - नेपाल प्रहरीले काजमा बसेका सबै कर्मचारीलाई १५ दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ । निर्वाचनलाई ध्यान दिँदै प्रहरी प्रधान कार्यालयले यस्तो निर्देशन दिएको हो ।police_1

प्रहरी प्रधान कार्यालयको यो निर्देशनसँगै शक्तिको आडमा लामो समयदेखि आफूलाई पायक पर्ने ठाउँमा बसेकाहरु प्रत्यक्ष प्रभावित हुनेछन् । नेपाल प्रहरीमा अधिकाँश जुनियर अधिकृतहरु शक्ति र पैसाको आडमा लामो समयदेखि आफूलाई पायक पर्ने ठाउँमा बस्दै आएका छन् । बेला बखत सरुवा भएपनि पुनः काज मिलाइ उनीहरुले यस्तो फाइदा लिँदै आएका छन् ।

‘निर्वाचन सुरक्षाका लागि जहाँ जसको दरबन्दी हो त्यहीँ जान निर्देशन दिइएको छ,’ प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालले भने । उनले दरबन्दी कायम भएको स्थानमा नगएका प्रहरी कर्मचारीलाई आ–आफ्नो दरबन्दी भएको ठाउँमा जान कडा निर्देशन दिइएको बताए, राजधानीमा खबर छ ।

प्रहरी प्रधान कार्यालय तथा काठमाडौ उपत्यकामा अधिक संख्यामा प्रहरी कर्मचारीहरु काजमा रहेका छन् । खासगरी जुनियर अधिकृतहरु काजमा रहेको प्रधान कार्यालय स्रोतले जनाएको छ । प्रायः जुनियर अधिकृतहरु आफूलाई पायक पर्ने स्थानमा सोर्स लगाएर बस्ने गरेकाले पनि काजमा रहने प्रहरी कर्मचारीहरु ठूलो संख्यामा रहेको प्रधान कार्यालय जनाएको छ ।

एसएसपी खनालका अनुसार, केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी), लागूऔषध व्यूरो, अपराध महाशाखा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरीलाई भने यस्तो निर्देशन अनिवार्य गरिएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्