
काठमाडौं, ८ वैशाख — बिहीवार फ्रान्सको राजधानी पेरिसमा आतंकवादी हमला गरेर एक प्रहरी अधिकारीको हत्या गर्ने व्यक्ति फ्रान्सेली प्रहरीको सूचीमा रहेको कुरा पत्ता लागेको छ ।

उक्त व्यक्तिले आफ्नो कारमा राखेको कागजातको अध्ययनबाट उसका बारेमा थाहा लागेको हो । तर प्रहरीले उसको नाम सार्वजनिक गरेको छैन ।
स्थानीय सञ्चारमाध्यमका अनुसार ३९ वर्षीय उक्त व्यक्ति शहरको काँठ क्षेत्रमा बस्थ्यो र सम्भावित मुसलमान अतिवादी भएको प्रहरीलाई पूर्वजानकारी थियो ।
पेरिसको व्यस्त शम्स दलिसीमा उक्त आक्रमणकारीले दुई अन्य प्रहरी अधिकारीलाई घाइते बनाएको थियो । पछि उसलाई प्रहरीले गोली हानेर ढलायो ।
आइतवार राष्ट्रपतिको चुनाव हुन लागेको बेलामा यो आक्रमण भएको हो ।
आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)ले घटनाको जिम्मेवारी लिएको छ ।
स्थानीय समयअनुसार बिहीवार बेलुका ९ बजे प्रहरीको बसनजिकै आतंकवादीले कार रोकेको थियो । त्यसपछि ऊ बाहिर निस्केर बसमा स्वचालित हतियारले गोली प्रहार गर्न थाल्यो ।
त्यसक्रममा उसले एक अधिकारीको हत्या ग–यो भने अन्य अधिकारीहरूलाई घाइते बनायो ।
पछि सुरक्षाफौजले उसलाई गोली हानेर मारे ।
बीबीसीबाट