काठमाडौं, ७ पुस -पूर्वराजा ज्ञानेन्द्र शाहको राजनीतिलाई तरंगित बनाउने वक्तब्य आएको आजको
नयाँ पत्रिकामा खबर छ । उनको वक्तब्यमा आपराधिक कार्यले समाज प्रताडित भएको, बाह्य हस्तक्षेप बढेको, परिवर्तनका नाममा राष्ट्रलाई कमजोर पार्न खोजिएको, निषेधको राजनीतिले राष्ट्र कमजोर भएकोलगायत विषय समेटिएको छ ।
किन आयो पूर्वराजाको वक्तव्य ?उनको वक्तब्यबारे तत्कालीन सञ्चार राज्यमन्त्री, श्रीषशमशेर राणा भन्छन्-
अहिलेको अवस्थाप्रति उहाँ (ज्ञानेन्द्र शाह) स्वाभाविक रूपमा चिन्तित हुनुहुन्छ । जनताको हैसियतमा देशप्रति उहाँको पनि त दायित्व हुन्छ । अहिले संसद् ठप्प छ, सडक तातिन थालेको छ । संवैधानिक निकासको गुञ्जायस छैन । यो अन्योलमा जनतालाई उहाँबाट सम्बोधन गर्न खोजिएको हो । जनता र माटोको रक्षा गर्न कर्तव्यपथ देखाइएको अर्थमा उहाँको वक्तव्यलाई लिनुपर्छ ।