०३ असार २०८३, बुधबार

चीनले बनायो पैदलयात्रीको तापक्रम नाप्ने चश्मा (भिडियो)

चैत १४, २०७६
चीनले बनायो पैदलयात्रीको तापक्रम नाप्ने चश्मा (भिडियो)

चीनमा सुरक्षाकर्मीहरूले इन्फ्रारेड क्यामरा जडित चश्मा लगाएर पैदलयात्रीहरूको तापक्रम जाँच्न थालेका छन् । 

हाङ्चोको लोकप्रिय पार्कमा चश्मा लगाएका अधिकारीहरूले दुई मिनेटमा लगभग १०० जनाको तापक्रम लिए । 

चश्मामा कृत्रिम बौद्धिकता प्रविधि छ र यसले मानिसहरूको तापक्रम तत्कालै जाँचेर चश्मामा देखाइदिन्छ । 

यो उच्च प्रविधियुक्त ग्याजेटले उच्च तापक्रम भएको कुनै मानिस देखियो भने तत्कालै भाइरसनिरोधी अधिकारीलाई सतर्क गराइहाल्छ । 

‘विगतमा हामी परम्परागत निधारे थर्मोमिटर उपयोग गर्थ्यौं जसले गर्दा मानिसहरू पंक्तिमा उभिएर प्रत्येकको तापक्रम लिनुपर्ने हुन्थ्यो,’ एक कर्मचारीले भनिन् । 

‘तर अहिले हाम्रा कर्मचारीलाई मानिसहरूको तापक्रम जाँच्न पहिलेको भन्दा सहज भएको छ ।’

इन्फ्रारेड क्यामरा कन्ट्याक्टलेस डिभाइस हो जसले तापशक्ति पत्ता लगाएर त्यसलाई विद्युतीय संकेतमा परिणत गर्छ । 

त्यस संकेतलाई तापक्रममा गणना गर्न सकिन्छ अनि मोनिटर डिस्प्लेमा थर्मल इमेज बनाउन सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्