१८ असार २०८३, बिहीबार

कोरोनाको डरले प्लास्टिकको गोलोभित्र बसेर सामान किन्न गइन् यी महिला (भिडियो)

चैत १४, २०७६
कोरोनाको डरले प्लास्टिकको गोलोभित्र बसेर सामान किन्न गइन् यी महिला (भिडियो)

बेलायतको केन्टमा एक महिला जोर्ब बल (प्लास्टिकको गोलो) भित्र बसेर सामान किन्न गएकी छन् । कोरोनाभाइरसको डरले गर्दा उनले यस्तो कदम चालेकी हुन् । 

यसको भिडियो फूटेजमा उनी जोर्ब बलभित्र बसेर सुपरमार्केट गएको र खानेकुरा किनेको देखिन्छ । 

एकजना पुरुष उनको पछिपछि लाग्छन् अनि सामान समातेर बास्केटमा राखिदिन्छन् ।

सहयोग गर्ने मानिसलाई ती महिलाको अनौठो प्रविधिका बारेमा सोध्दा उनले भने, ‘उनी एकान्तावासमा छिन् । उनलाई कीटाणुहरूसँग डर लाग्छ ।’

ती पुरुषले जोर्ब बललाई लगातार एन्टीसेप्टिक वाइपले पुस्छन् । 

अरू मानिसहरू चाहिँ ट्रेसी नामक ती महिलाको हर्कत देखेर मरीमरी हाँस्छन् । 

salt training

कमेन्ट गर्नुहोस्