
विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोनाभाइरसका कारण सरकारले एक साताका लागि घोषणा गरेको लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ‘मल्टिफङ्सनल एरेस्ट एन्ड रेस्क्यू डिभाइस’प्रयोग गर्न थालेको छ ।
नजिक पुगेर हातैले समाउँदा प्रहरीलाई समेत जोखिम हुने भएकाले लकडाउन उल्लंघन गर्नेहरूलाई उक्त डिभाइसको प्रयोग गरी नियन्त्रणमा लिन थालिएको हो ।
बानेश्वर चोक लगायतका क्षेत्रमा प्रहरीले उक्त डिभाइस प्रयोग गरी शुक्रवार ५० भन्दा बढीलाई नियन्त्रणमा लिएको छ ।
लक–डाउनको चौथो दिनको स्थिति अवलोकन गर्न महानरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेल समेत बानुश्वर पुगेका थिए ।
कोरोनाको संक्रमण फैलिरहेको समयमा मानिसहरूको दूरी कायम गर्न प्रहरीलाई अफ्ठारो परिरहेको समयमा १ फिट दूरी कायम हुने खालको डिभाइस भित्र्याएको डीआईजी पोखरेलले बताए ।
नेपालमा कोरोना भाइरसको संक्रमण ३ जनामा पुष्टि भइसकेको छ । एक जना निको भएर घर फर्किएका छन् भने अरू २ जना उपचाररत छन् ।



