
स्याङ्जामा गोली लागेर एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय चिसापानी स्याङजा कार्यरत प्रहरी हवल्दार रबीन्द्र पौडेलको आज (शुक्रवार) दिउँसो गोली लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यलय स्याङजाका प्रवक्ता प्रहरी नायब निरीक्षक (डीएसपी) नविनकृष्ण भण्डारीले प्रहरीको आन्तरिक हतियार व्यवस्थापन गर्ने क्रममा अचानक गोली लागेको लोकान्तरलाई बताए ।
डीएसपी भण्डारीले भने—‘हतियार व्यवस्थापन गर्दा अचानक गोली लागेको हो । उहाँलाई अस्पताल पठाइएको छ मृत्यु भने अझै अस्पतालले पुष्टि गरेको छैन ।’