०४ असार २०८३, बिहीबार

परिमार्जनसहित संशोधन पारित गरे चुनावमा सहभागी हुन्छौं : मोर्चा

कात्तिक २०, २०७४
परिमार्जनसहित संशोधन पारित गरे चुनावमा सहभागी हुन्छौं : मोर्चा
काठमाडौं ८ वैशाख - प्रधामनन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चासंग संविधान संशोधन र निर्वाचन तयारी एकै पटक लैजान प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार काग्रेसका नेताहरुसहित मोर्चासँग भएको छलफलमा प्रचण्डले चुनाव अगाडि नै संशोधन पारित गर्ने भन्दै चुनावमा सहभागि हुन प्रस्ताव गरेका हुन् ।

मोर्चाले सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्ताव परिमार्जन सहित पारित भए चुनावमा भाग लिने बताएको बैठकमा सहभागि नेताहरुले बताएका छन् ।

‘संशोधन प्रक्रियालाई अगाडि बढाउने र मोर्चा निर्वाचनमा आउन सरकारका तर्फबाट आग्रह गरिएको छ । सरकारले दुवै कामले अगाडि बढाउने कुरामा मोर्चा सकारात्मक देखिएको छ’ बैठकपछि माओवादी नेता बर्षमान पुनले भने ।

मोर्चासँग सहमतिका लागि शुक्रवार दिउसो ३ बजे सत्तारुढ दलको बैठक बस्ने र पाँच बजे मोर्चासँगको छलफल राखिएको नेता पुनले बताए । बैठकमा बिहीवार मात्र एकीकरण गरेका मधेश केन्द्रीत राष्ट्रिय जनता पार्टीका ६ जना अध्यक्षहरु सहभागि थिए ।

मोर्चासँगको छलफल पछि आजै दलहरु कुनै सहमतिमा पुग्ने नेता पुनले बताए ।

बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता वर्षामान पुन ‘अनन्त’, मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राई, राजेन्द्र श्रेष्ठ, अनिलकुमार झा, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, हृदयेश त्रिपाठी लगायत सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्