०२ असार २०८३, मंगलबार

प्रधानमन्त्री ओली अस्पतालबाट  डिस्चार्ज

चैत १५, २०७६
प्रधानमन्त्री ओली अस्पतालबाट  डिस्चार्ज

प्रधानमन्त्री केपी शर्मा ओली  शुक्रवार  साँझ  अस्पतालबाट  डिस्चार्ज  भएका छन् ।  

उनी अस्वस्थ  भई  बिहीबार  राति मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट  सेन्टरमा  उपचारमा  रहेका थिए ।

अस्पतालका अनुसार उनको अवस्था सामान्य रहेको छ ।प्रधानमन्त्री  ओलीका  प्रेस  सल्लाहकार  सूर्य  थापाले शुक्रबार  साँझ प्रधानमन्त्री ओली डिस्चार्ज हुनुभएको जानकारी दिए।

अस्पतालका  कार्यकारी  निर्देशक  डा.  उत्तमकृष्ण  श्रेष्ठले  अघिल्लो  राति  १२  बजे  प्रधानमन्त्री  ओली  अस्पताल  भर्ना  भएको  जानकारी दिए। उनले प्रधानमन्त्री ओलीको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना  भएकाे स्पष्ट पारे । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्