×

NIC ASIA

अब अत्याधुनिक सुविधासहितको स्मार्ट पेट्रोल पम्प

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, ८ वैशाख–
परम्परागत पेट्रोल पम्पका कारण उपभोक्ता ठगिने क्रम बढेपछि सरकारले त्यस्ता पेट्रोल पम्पलाई विस्थापित गर्ने तयारी गरेको छ । परम्परागत पम्प सुविधा र सुरक्षाका हिसावले समेत कमजोर रहेकाले नेपाल आयल निगमले मुलुकभर स्मार्ट पेट्रोल पम्पको विस्तार गर्ने तयारी गरेको छ ।

निगमका अनुसार हालसम्म ७२ वटा स्मार्ट पेट्रोल पम्प स्थापनाका लागि आवेदन परेका छन् । निगमले गत पुस १८ यस्ता पेट्रोल पम्प खोल्नका लागि इच्छुक निकाय तथा व्यवसायीसँग आवेदन माग गरको थियो ।

उक्त अवधिसम्ममा विभिन्न निकाय तथा व्यवसायीबाट ६ दर्जन आवेदन प्राप्त भएको निगमका प्रवक्ता सिताराम पोखरेलले लोकान्तरलाई बताए । निगमले आवेदनका लागि माघ मसान्तसम्मको समयावधि छुट्याएको थियो ।

उक्त अवधिमा प्रयाप्त मात्रामा आवेदन प्राप्त नभएको भन्दै निगमले समय थप गरेर थप दरखास्तमा लागि आह्वान गरेको छ ।

निगमका अनुसार यही वैशाख १ गते थप नयाँ नमूना पेट्रोल पम्पका लागि सार्वजनिक सूचना जारी गरेर आवेदन माग गरेको थियो । व्यवसायीहरूले आगामी असारसम्ममा स्मार्ट पम्पका लागि यस्तो आवेदन पेस गर्न सक्नेछन् ।

कसबाट कति आवेदन ?

निगमका अनुसार पहिलोपटक सार्वजनिक सूचना जारी गर्दा उक्त अवधिमा साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी) ले ४ वटा, नेपाली सेनाले ४ वटा, नेसनल ट्रेडिङले ७ वटा र साझा सहकारीले ४ स्मार्ट पम्प खोल्ने आवेदन दिएका छन् । बाँकी भने निजी क्षेत्रबाट आवेदन परेका छन् ।

निगमका अनुसार नमूना पम्प अत्याधुनिक सुविधासम्पन्न हुनेछन् । नेपालमा यस्तो पम्प हालसम्म एउटा पनि नरहेको निगमका अधिकारीको भनाइ छ ।

पुराना र परम्परागत पम्पलाई प्रतिस्थापन गर्न स्मार्ट पम्पको प्रावधान ल्याइएको निगमका सहायक प्रवन्धक रामजीप्रसाद ज्ञवालीले बताए । हाल मुलुकभर यस्तो पेट्रोल पम्प नरहेको निगम बताउँछ ।

के –के रहनेछन् सुविधा ?

निगमका अनुसार स्मार्ट पेट्रोल पम्प अत्याधुनिका सुविधा सम्पन्न हुनेछन् । नमूना पम्प विक्रीस्थलको जग्गाको क्षेत्रफल तराई तथा भित्री मधेश जिल्ला उदयपुर, चितवन, मकवानपुर, सिन्धुली, दाङ र सुर्खेतको पहाडी क्षेत्रबाहेकमा एक विगाहा र पहाडी क्षेत्र तथा हिमाली क्षेत्रमा पाँच रोपनी हुनुपर्नेछ ।

पम्प आसपासमा हरियाली

त्यस्तै, राजमार्ग वा अन्य सडकबाट करीव ५ सय मिटरभित्रको जग्गामा स्मार्ट पम्पको विक्रीस्थल निर्माण गर्न पाइने छ । उक्त बिक्रीस्थलसम्म जाने सडक १० मिटर फराकिलो हुनुपर्ने छ ।

विक्रीस्थलको कम्पाउण्डभित्र एप्रोच रोड, टैंक फार्म, विक्रीकक्ष, पार्किङ एरियाबाहेक सवारी साधन आवतजावतमा बाधा नपर्ने गरी हरियाली कायम हुनुपर्नेछ ।

बिक्रीस्थल क्षेत्रको तीनतर्फ कम्तीमा तीन फिट र बढीमा पाँच फिटसम्म उचाइ भएको पक्की कम्पाउण्ड वाल वा सिमेन्ट पिलरमा काँडेतार लगाएको हुनुपर्नेछ ।

महिला, पुरुष र अपाङ्गता भएकाका लागि छुट्टाछुट्टै शौचालय

त्यस्तै पम्पको विक्रीकक्षमा पुरुषको हकमा न्यूनतम २ वटा शौचालयसहितको युरीनरी र महिलाको हकमा न्यूनतम ४ वटा ट्वाइलेट र अपाङ्गमैत्री १ वटा ट्वाइलेटको व्यवस्था हुनुपर्ने व्यवस्था निगमले गरेको छ । नियमित विद्युत आपूर्ति बन्द भएको समयमा बत्तीको बैकल्पिक व्यवस्था गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । अग्निसुरक्षाको पनि उचित व्यवस्था पनि स्मार्ट पम्पले गर्नुपर्नेछ ।

एकैपटक आठ वटा सवारीमा तेल भर्न मिल्ने हुनुपर्ने

निगमले ल्याएको व्यवस्थामा स्मार्ट पम्पले एकैपटकमा आठ वटा सवारीमा तेल भर्न मिल्ने गरी व्यवस्था गर्नुपर्नेछ । एकपटकमा कम्तीमा चार वटा पेट्रोल नोजल र चार वटा डिजल नोजलबाट रिफिलिङ गर्नेगरी पम्पले व्यवस्था गर्नुपर्नेछ । न्यूनतम २० वटा साना तथा ठूला गाडी पार्क गर्न मिल्ने ५ सय बर्गमिटरको पार्किङ क्षेत्रको व्यवस्था हुनुपर्नेछ ।

त्यस्तै, पम्पमा इलेक्ट्रोनिक्स कार्डबाट समेत खरीद गर्न मिल्ने व्यवथा हुनुपर्नेछ । विक्रीस्थलमा भेन्डिङ मेसिन र किराना पसलको व्यवस्था समेत हुनुपर्नेछ ।

२४ घण्टा खुला हुुनुपर्ने

निगमले ल्याएको व्यवस्था अनुसार स्मार्ट पम्पले २४ सै घण्टा सेवा प्रदान गर्नुपर्ने हुन्छ ।

रेष्टुराँ र कफिसप पनि

निगमले ल्याएको व्यवस्थाअनुसार स्मार्ट पम्पभित्र रेष्टुराँ र कफिसप पनि हुनुपर्नेछ । न्यूनतम २० जनाले आरामपूर्वक खान मिल्ने रिफ्रेसिङ हाउस तथा कफिसप आदिको व्यवस्था पनि हुनुपर्नेछ । त्यस्तै, पम्पमा २४ सै घण्टा सुरक्षा गार्डको व्यवस्था पनि गर्नुपर्नेछ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २६, २०८१

एलआरआर ग्रुपले चीनमा निर्मित चेरीको सब–ब्रान्ड काई एक्स–३प्रो विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ। नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई लक्षित गरेर एल आरआर ग्रुपले विद्युती...

जेठ २, २०८१

जतिबेला नेपालमा विद्युतीय गाडीको बिक्री फाट्टफुट्ट शुरू भएको थियो, त्यतिबेला सन् २०१७ मा साइमेक्स नेपालले चुनौतीका बाबजुद पनि लक्जरी गाडी बीवाईडी ई-६ भित्र्यायो । विद्युतीय सवारी साधनलाई लिएर आजभन्दा ७ वर्षअ...

बैशाख ३०, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने...

बैशाख २५, २०८१

नेपालका लागि टाटा मोटर्सको ​एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकवर्गहरूको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युन् पार्टसहरूको मूल्य समायोजन गरेको छ । अब सिप्रदीका सम्पूर्ण स...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

जेठ ५, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य ७०, गोलभेँडा सानो टनेलको ६०, गोलभेँडा सानो त...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x