०४ असार २०८३, बिहीबार

राधामाधव समितिद्वारा कोरोना उपचार कोषमा १५ लाख सहयोग

चैत १५, २०७६
राधामाधव समितिद्वारा कोरोना उपचार कोषमा  १५ लाख सहयोग

राधामाधव समिति नेपालले सरकारले स्थापना गरेको कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु १५ लाख सहयोग प्रदान गरेको छ ।

कोभिड सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार अभियानलाई सघाउने उद्देश्यले समितिले उक्त रकम कोषको खातामा जम्मा गरिएको जनाएको हो ।

समितिका नेपाल संरक्षक स्वामीश्री हरिदासजीले कोभिडको विश्वव्यापी महामारीको महान विपत्तिको यस क्षणमा असीम धैर्यता र विशेषः सजगता अपनाउन सम्पूर्ण नेपालीमा आग्रह गरेका छन् । 

सरकारले यही चैत १० गते कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गरी रकम जम्मा गर्न अनुरोध गरेको थियो ।   

salt training

कमेन्ट गर्नुहोस्