०१ असार २०८३, सोमबार

ओलीको प्रश्नः लोडसेडिङ अन्त्यको योजना हाम्रो, श्रेय लिने अरु ?

कात्तिक २०, २०७४
ओलीको प्रश्नः  लोडसेडिङ अन्त्यको योजना हाम्रो, श्रेय लिने अरु ?
काठमाडौं ८ वैशाख– नेकपा एमालेका अध्यक्ष केपी ओलीले लोडसेडिङ अन्त्यको योजना आफ्नो पार्टीले अगाडि सारेको भएपनि त्यसको श्रेय लिन अरुले हानथाप गरिरेहको आरोप लगाएका छन् ।

एमालेले बनाएको योजना अनुसार भोलि रेल गुडने र त्यसको श्रेय लिन अर्को नक्कली पिता तयार गरिने ओलीले टिप्पणी गरे ।

काठमाडौंको पिपुल्स क्याम्समा स्ववियु निर्वाचित नेतृत्वलाई आफ्नै निवासमा बधाइ दिदै ओलीले लोडसेडिङ अन्त्यको योजना एमालेको भएको दावी गरेका हुन् ।

‘एमालेले घिसारेर संविधानमा हस्ताक्षर गर्न ल्याइएकाहरुलाई संविधानका पिता भनियो, लोडसेडिङ अन्त्यको योजना हामिले बनायौ, लोड्सेडिङ हटाउने पिताहरु तयार गरिदैछ’ पूर्व प्रधानमन्त्री ओलीले भने, ‘हामीले बनाएको योजनाअनुसार भोलि रेल गुड्छ फेरि कुन चाहिँ नक्कली फादर तयार गरियला ।’

ओलीले २०७४ साल एमालेमय हुने समेत दावी गरे ।

salt training

कमेन्ट गर्नुहोस्