धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबारदेखि कोरोना भाइरसको नमूना परीक्षण शुरु गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मिडिया ब्रिफिङ गर्दै उक्त जानकारी दिएका हुन्
यसअघि काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोना भाइरस परीक्षण गरिन्थ्यो। उनका अनुसार चीनबाट सामग्री आएपछि हेटौँडा, नेपालगञ्ज र पोखरामा पनि नमूना परीक्षण गरिने छ ।
कोरोनाबारे सर्वसाधारणलाई जानकारी दिन थप एक कल सेन्टर विस्तार गरिएको छ। उनका अनुसार पहिले १११५ नम्बर र अर्को नयाँ ११३३ नम्बरको कल सेन्टर थप गरिएको छ।
दिनदिनै संक्रमण देखिएपछि नमूना परीक्षणको दायरा बढाइने उनले बताए। अहिलेसम्म ८७५ जनामा नमूना परीक्षण गरिएकामा पाँच जनामा मात्र संक्रमण देखिएको छ।