२३ असार २०८३, मंगलबार

श्रीलंकामा कोरोना रोकथामका लागि लगाइएको कर्फ्यू उल्लंघन गर्ने हजारौँ पक्राउ

चैत १५, २०७६
श्रीलंकामा कोरोना रोकथामका लागि लगाइएको कर्फ्यू उल्लंघन गर्ने हजारौँ पक्राउ
File Photo

श्रीलंकामा कर्फ्यू उल्लंघन गरेका हजारौलाई प्रहरीले पक्राउ गरेको छ। कर्फ्यू उल्लघंन गरी पक्राउ पर्नेमा धेरैजसो मस्जिदमा प्रार्थना गर्न गएका मुस्लिम धर्मावलम्बीहरु रहेका छन्। 

श्रीलंकामा कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन यहि मार्च २० तारिखदेखि कर्फ्यू लगाइएको छ । सरकारले अत्यावश्यक काम पर्ने बाहेकलाई हिँडडुल गर्न निषेध गरेको छ। 
सरकारको आदेश उल्लघंन गरेको अभियोगमा चार हजार ६०० जनालाई पक्राउ गरिएको छ भने, एक हजार १२५ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । अरु केही व्यक्तिहरु भने भाग्न सफल भएका थिए ।

प्रहरी नियन्त्रणमा परेका मुिस्लम धर्मावलम्बी होरोपठानमा रहेको मस्जिदबाट पक्राउ परेका हुन्। सो ठाउँ राजधानी कोलोम्बोदेखी दुई सय मिटर उत्तरतर्फ पर्दछ। 

श्रीलङ्कामा कोरोना भाइरसबाट १०६ जना संक्रमित भएकाले कर्फ्यू लगाइएको हो। 

salt training

कमेन्ट गर्नुहोस्