१३ असार २०८३, शनिबार

नेपाली कामदारहरू भएको मलेसियाको अग्रणी पञ्जा कम्पनी भन्छ– अत्यधिक मागका कारण गाह्रो

चैत १६, २०७६
नेपाली कामदारहरू भएको मलेसियाको अग्रणी पञ्जा कम्पनी भन्छ– अत्यधिक मागका कारण गाह्रो

मलेसियाको अग्रणी पञ्जा कम्पनी टप ग्लोभ कर्पोरेसन बीएचडीले संसारभरि उत्पादन हुने पञ्जाको २० प्रतिशत उत्पादन गर्ने गरेको छ । अहिले कोरोनाभाइरस फैलिएपछि युरोप र अमेरिकामा पञ्जाको माग ह्वात्तै बढेकाले मागअनुसारको उत्पादन गर्न गाह्रो परेको कम्पनीले जनाएको छ ।

कम्पनीले मागको वृद्धिलाई सम्बोधन गर्न थप ढुवानीको समय बढाउन थालेको कार्यकारी अध्यक्ष लिम वी चाइले बताए । 

लिमले विगत केही हप्तायता युरोप र अमेरिकाबाट बेस्सरी माग आएको र त्यो माग कम्पनीले उत्पादन गर्नेभन्दा लगभग दोब्बर रहेको बताए । टप ग्लोभले दिनको २० करोड प्राकृतिक तथा सिन्थेटिक रबर पञ्जाहरू उत्पादन गर्न सक्छ । 

अहिले २०२ देश तथा भूमिमा ६ लाखभन्दा बढी कोरोना संक्रमणका केस आएका छन् । अमेरिकामा संक्रमितको संख्या ह्वात्तै बढेर गएको छ भने युरोपमा मृत्युदर उच्च छ । 

‘केही ग्राहकहरूले सामान थुपार्नका लागि बढी अर्डर गरिरहेका छन् । सामान्यतया उनीहरू महिनाको १० कन्टेनर मगाउँथे भने अहिले २० कन्टेनर मगाउन थालेका छन्,’ उनले भने । 

विश्व स्वास्थ्य संगठनले भाइरस रोक्ने प्रयासमा अवरोध पुग्नेगरी संसारभरि व्यक्तिगत सुरक्षा उपकरणको अभाव हुन थालेको भनी शुक्रवार चेतावनी दिएको थियो । 

बेस्सरी पञ्जा किन्ने काम अर्को तीन महिनासम्म हुन सक्छ तर व्यापक मागहरू नौ महिनासम्म जान सक्छ जबकि एसियाली बजारहरूमा यसको माग घट्न थालेको छ, लिमले भने । 

अहिलेको स्थिति सम्हाल्न कम्पनीले सामान डेलिभरी गर्ने समय न्यूनतम ३० दिनदेखि अधिकतम १५० दिनसम्म हुने गरी मिलाएको छ । 

उत्पादन जारी राख्न कम्पनीले एक हजार कामदार थप्दैछ । टप ग्लोभले प्रायः नेपाली कामदारहरू राख्ने गर्छ तर यात्रा प्रतिबन्धका कारण अहिले उसले मलेसियाकै कामदारहरू राख्न थालेको छ ।

रोयटर्सबाट

salt training

कमेन्ट गर्नुहोस्