१३ असार २०८३, शनिबार

विदेशबाट फर्केर क्वारेन्टाइनमा नबसे कैद

विदेशबाट फर्केर क्वारेन्टाइनमा नबसे कैद

विदेशबाट फर्केर क्वारेन्टाइनमा नबस्ने प्रवृत्ति बढेसँगै मुलुकमा कोरोना भाइरसको जोखिम बढ्न थालेपछि सरकारले नियमन गर्ने भएको छ। 

अब भारत वा तेस्रो मुलुकबाट फर्केर लुकीछिपी बसेको पाइएमा कैद सजाय पनि हुनसक्नेछ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकल्े त्यस्ता व्यक्तिलाई संक्रमण रोग ऐन अनुसार कारवाही गर्ने निर्णय गरेको हो। 

बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले भने, ‘क्वारेन्टाइनमा बसेका केही व्यक्ति भागेको वा नबसेको भन्ने पाइएकाले सङ्क्रमण रोग ऐनअनुसार कारवाही गर्ने निर्णय भएको छ।’

लापरवाही बढेको पाइएकाले कैद सजायदेखि अन्य कडा कारवाही हुने सचिव रेग्मीको भनाइ छ। केही जिल्लामा क्वारेन्टाइनमा बसेका व्यक्ति भागेको, लापरवाही गरेको पाइएकाले जोखिम बढ्न सक्ने देखिएको भन्दै समितिले त्यस्तो निर्णय गरेको हो। 
 

salt training

कमेन्ट गर्नुहोस्