
काठमाडौं, ८ चैत्र- स्कुलका कार्यक्रममा नाच्ने डान्सरबाट अभिनयमा होमिएकी अभिनेत्री झरना थापा यो वर्ष चलचित्र ‘ए मेरो हजुर २’ बाट निर्देशनमा डेब्यु गर्दैछिन् ।
कुनै जमाना थियो, झरना थापालाई दर्शकले खुबै रुचाउँथे । यसो भनिरहँदा उनी लामो हाँसो हाँस्दै सुनाउँछिन्, ‘दर्शकले अहिले पनि रुचाउनुहुन्छ नि, फेसबुकमा कमेन्ट हेर्नुहुन्न हो?’ नाच्दानाच्दै उनी अभिनय क्षेत्रमा छिरिन् । साथीहरुले उनलाई राम्री छेस्, फिल्म खेल् भनिदिन्थे ।
उनी मख्ख पर्थिन् । बेजोडको हाँसो हाँस्दै उनी सुनाउँछिन्, ‘कहिलेकाहीं त हो कि झैं पनि लाग्थ्यो ।’ सत्र वर्षमै बिहे गरेकी झरनाको अहिले अठार वर्षकी छोरी छिन् ।




