×

NMB BANK
NIC ASIA

कोरोना संक्रमणको जाँच प्रदेशमै, काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य

चैत १८, २०७६

NTC
Premier Steels

५ नम्बर प्रदेशका ३ स्थानमा कोरोना भाइरस संक्रमणको जाँच हुने भएको छ ।

Muktinath Bank

प्रदेश सरकारले रुपन्देहीको भैरहवा, दाङ र नेपालगञ्जमा कोरोना जाँच गर्ने प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भैरहवास्थित राष्ट्रिय गहुँबाली परिसरभित्रको बीउबिजन कार्यालय, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशाला स्थापना हुनेछ । 


Advertisment
Nabil box
Kumari

भैरहवामा २ दिनभित्र प्रयोगशाला सञ्चालनमा आउँदैछ । सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख डा. उमाशंकरप्रसाद चौधरीले मंगलवार उपकरण आइपुग्ने र बढीमा २ दिनभित्र कोरानो आशंका लागेका बिरामीको स्वाब (र्‍याल र खकार) प्रयोगशालामा जाँच हुने जानकारी दिए ।

Vianet communication

‘उपकरण जडान गर्ने प्राविधिकहरू ३ जना काठमाडौंबाट आइसकेका छन् । केही हामीसँग पनि छन् । २ दिनभित्र उपकरण जडान भएर प्रयोगशाला सञ्चालनमा आउँछ । यो प्रयोशाला सञ्चालनमा आएपछि हामीलाई धेरै सहज हुनेछ,’ चौधरीले लोकान्तरसँग भने ।

प्रयोगशाला सञ्चालनमा आएपछि प्रदेशमा कोरोनाको शंका लागेका बिरामीको स्वाब काठमाडौं पठाउनुपर्ने बाध्यता अन्त्य हुनेछ । आइतवार बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत बिरामी बाबुराम थापाको स्वाब परीक्षण ३ दिनसम्म हुने सकेन । उनको मृत्यु भइसकेपछि स्वाब परीक्षण गरिएको थियो । 

संघीय सरकारले ७ वटै प्रदेशमा १/१ वटा कोरोना जाँच गर्ने प्रयोगशाला स्थापना गर्ने निर्णय गरेसँग प्रयोगशाला बन्न लागेको हो । प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले रुपन्देहीमा बन्ने प्रयोगशाला संघ अन्तर्गत तथा दाङ र नेपालगञ्जमा बन्ने प्रयोगशाला प्रदेश सरकारको बजेटमै बन्ने बताए । चौधरीले प्रदेशमा आवश्यक रहेको पीपीई पनि आइसकेकाले उपचारमा खटिने चिकित्सकलाई पनि सहज हुने बताए । भैरहवाको बिउबिजन कार्यालयले रंगरोगन गरेर चिटिक्क पारिएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा. राजेन्द्रकुमार गिरीले कोरोना जाँच गर्ने प्रोट्रेबल पीसीआर मशिन संघले उपलब्ध गराएको बताए । कोरोना परीक्षण गर्ने रियलटाइम पीसीआर र पोट्रेबल पीसीआर गरी २ किसिमका उपकरण चाहिन्छ । दुवै उपकरण सञ्चालनका लागि बायोसेफ्टी लेवल (प्रयोगशालामा बाहिरी हावा समेत पस्न नसक्ने गरी कार्यरत प्राविधिकको पनि सुरक्षा र त्यहाँ प्रयोग गरिएका नमूनाको पनि हानिकारक तत्वबाट जोखिम नहुने गरी बिसर्जन हुन सक्ने वातावरण) तयार हुनुपर्छ । भैरहवाको प्रदेश स्तरीय प्रयोगशाला हो । यसमा बायो सेफ्टीलेवर टु (बीएसएल) पनि बन्नेछन् ।

प्रदेश सरकारले सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउने भएको छ । अलपत्रलाई  सम्बन्धित जिल्लाका स्थानीय तहले क्वारेन्टाइनमा राख्ने र खानपिनको व्यवस्था गर्ने प्रवक्ता चौधरीले जानकारी दिए ।

निर्माण क्षेत्रमा काम गर्ने मजदुरलाई घर पठाउने व्यवस्था गर्ने, त्यसका लागि यातायातका साधनको पासको व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने, सम्बन्धित निर्माण कम्पनीले गाडीको व्यवस्था गरिने छ । एम्बुलेन्स चालकका लागि १२ वटै जिल्ला प्रशासन कार्यालयमा पीपीई पठाइएको छ । एम्बुलेन्स चालकलाई पीपीई उपलब्ध गराउने काम प्रमुख जिल्ला अधिकारीले गर्नेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x