
वीर अस्पताल र पाटन अस्पतालमा सोमवार मृत्यु भएका ३ जना बिरामीकै कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको सरकारले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो ।
नेपाल टेलिभिजनबाट लाइभ भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पाटन अस्पताल र वीर अस्पतालमा मृत्यु भएकाहरूको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।
सोमवार वीर अस्पतालमा २ र पाटन अस्पतालमा १ जनाको कोरोना विशेष आइसोलेसनमा मृत्यु भएको थियो ।
प्रवक्ता देवकोटाले फिवरका बिरामीलाई पनि कोरोनाको आशंकामा उपचारमा कमजोरी भइरहेको देखिएको भन्दै सबैखाले उपचार गर्न अस्पतालहरूको ध्यानाकर्षण गराए ।