२२ जेठ २०८३, शुक्रबार

बेल्जियममा कोरोनाभाइरसबाट १२ वर्षीया बालिकाको मृत्यु

चैत १८, २०७६
बेल्जियममा कोरोनाभाइरसबाट १२ वर्षीया बालिकाको मृत्यु

बेल्जियममा १२ वर्षीया बालिका कोरोनाभाइरसबाट मृत्यु हुने सबभन्दा कम उमेरकी रोगी बनेको अधिकारीहरूले बताएका छन् । महाव्याधिका कारण बेल्जियममा ७०० भन्दा बढी मानिसले ज्यान गुमाएका छन् ।

प्रायः वृद्धवृद्धाको ज्यान लिने कोरोनाले बालबालिकालाई पनि शिकार बनाइरहेको देखिएको छ ।

रोगका कारण बालिकालाई गुमाउनु परिवारका लागि ‘भावनात्मक रूपमा अप्ठ्यारो क्षण भएको’ अनि स्वास्थ्यकर्मी र अनुसन्धातालाई पनि गाह्रो परेको संकट व्यवस्थापन केन्द्रका प्रवक्ता इम्मानुएल आन्द्रेले मंगलवार बताए । 

‘हामीहरू उनको परिवार र साथीभाइको स्मरण गरिरहेका छौं । यस्तो घटना दुर्लभै हुने गर्छ र यसले हामीलाई निकै चिन्ता दिएको छ,’ उनले बताए । 

बेल्जियममा कोभिड–१९ का १२ हजार ७०५ केसहरू छन् । कुल ७०५ जनाको मृत्यु भइसकेको छ । केही दिनमा महामारी चरममा पुग्ने आन्द्रेले बताए । अस्पतालहरूले धान्न नसक्ने स्थिति आउनुअघि नै महामारी चरममा पुगेर घट्न थाल्ने अपेक्षा गरिएको उनको भनाइ छ । 

अन्य मुलुकमा जस्तै बेल्जियममा पनि लकडाउन लगाइएको छ । अप्रिल १८ सम्म लकडाउन जारी रहनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्