०१ असार २०८३, सोमबार

आन्तरिक उडान वैशाख ३ सम्म स्थगित

आन्तरिक उडान वैशाख ३ सम्म स्थगित

सरकारले कोरोना भाइरस रोकथामका लागि लकडाउन लम्ब्याएसँगै आन्तरिक उडान समेत वैशाख ३ गतेसम्मका लागि स्थगित भएको छ। 

अन्तर्राष्ट्रिय उडान वैशाख ३ गतेसम्मका लागि स्थगित भइसकेको सन्दर्भमा नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान स्थगितबारेको निर्णय वायु सेवा कम्पनी सञ्चालक संघलाई जानकारी गराएको हो।

प्राधिकरणले मंगलबार सूचना प्रकाशन गरेर १५ अप्रिलको मध्यरातिसम्म आन्तरिक वायु सेवाको उडान स्थगित गरिएको बताएको हो।

यद्यपि आकस्मिक अवस्थामा चार्टर्ड फ्लाइट, एअर एम्बुलेन्स र मेडिकल सामग्री ढुवानीका लागि प्राधिकरणबाट अनुमति दिएर वायुसेवा कम्पनीले सेवा दिन सक्नेछन्।
 

salt training

कमेन्ट गर्नुहोस्