०२ असार २०८३, मंगलबार

ट्रकले बिजुलीको पोलमा ठक्कर दिँदा २० किसानको मृत्यु

कात्तिक २०, २०७४
ट्रकले बिजुलीको पोलमा ठक्कर दिँदा २० किसानको मृत्यु
भारत– किसानले आयोजना गरेको एक प्रदर्शनमा ट्रक कुद्दा २० जनाको मृत्यु भएको छ ।

आन्ध्र प्रदेश प्रहरीका अनुसार प्रहरी चौकी नजिक भएको प्रदर्शनमा तिब्र गतिमा आएको ट्रकले ठक्कर दिएको थियो ।
तिरुपति शहरको प्रहरीका अनुसार मृत्यु भएका मध्ये १४ जनाको करेन्ट लागेर भएको थियो ।

प्रहरीका अनुसार बिजुलीको पोलमा ठक्क्र दिएसँगै विजुलीको तार आन्दोलनकारीमाथि खसेको थियो ।

बालुवाको तस्करीलाई बन्द गर्न माग गर्दै किसानहरु आन्दोलनमा उत्रिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्