२२ असार २०८३, सोमबार

कोरोना रोकथाम कोषमा २२ करोड जम्मा

चैत १९, २०७६
कोरोना रोकथाम कोषमा २२ करोड जम्मा

सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा मंगलवारसम्म २२ करोड ३२ लाख ३७ हजार ५६९ रुपैयाँ जम्मा भएको छ ।

सरकारले गत चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकले कोष स्थापना गर्दै कोरोना भाइरसको रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले दैनिक कोषमा रकम जम्मा भइरहेको जानकारी दिए । उनका अनुसार कोषमा मंगलवार मात्र नेपाल औद्योगिक महासंघले ५० लाख, १ लाखभन्दा कम दिएकाबाट १ करोड ९ लाख २९ हजार २४ जम्मा भएको छ ।

सरकारले कोषमा रकम जम्मा गर्न आह्वान गरेपछि सांसद, कर्मचारी, उद्योगीले जम्मा गरिरहेका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले २ महिना, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले १ महिना बराबरको रकम उक्त कोषमा जम्मा गरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्