०९ असार २०८३, मंगलबार

लकडाउनका बेलामा घुम्नका लागि नक्कली डाक्टर बन्यो यो व्यक्ति

चैत १९, २०७६
लकडाउनका बेलामा घुम्नका लागि नक्कली डाक्टर बन्यो यो व्यक्ति

कोरोनाभाइरसको संक्रमण रोक्नका लागि भारतमा २१ दिनको लकडाउन (बन्दाबन्दी) घोषणा गरिएको छ । 

मानिसहरूलाई घरबाट निस्कन मनाही छ । अत्यन्तै जरूरी काम नपरी घरबाट निस्कनेलाई प्रहरीले कारवाही गरिरहेको छ । 

तर केही मानिसलाई घरबाहिर घुम्ने सोख भएकाले अनेकथरी बहाना बनाएर निस्किरहेका छन् । 

नोयडामा एक व्यक्तिले डाक्टर बनेमा एक ठाउँबाट अर्को ठाउँ जान पाइन्छ भनी खुराफाती दिमाग लगाए । अनि उनले मास्क लगाए, डाक्टरको सेतो गाउन लगाए अनि नोयडामा यताउता घुम्न थाले । 

सडकमा टहलिँदै गर्दा ती व्यक्तिको जम्काभेट प्रहरीसँग भयो । प्रहरीले बाहिर किन निस्केको भनी सोध्दा उसले आफू डाक्टर भएको बतायो । तर प्रहरीलाई उसमाथि शंका लाग्यो र अलि कडा सोधपुछ गर्दा ऊ आत्तियो ।

प्रहरीले कडीकडाउ गरेपछि उसले साँचो कुरा बक्यो । 

अहिले उक्त युवकलाई प्रहरीले हिरासतमा लिएको छ र उजुरी दर्ता गरेर कारवाही अगाडि बढाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्