२५ जेठ २०८३, सोमबार

‘महिलाहरू घरमा पनि मेकअप गरेर बस्नू, झगडा कम हुनेछ’– मलेसिया सरकारको अनौठो सुझाव

चैत १९, २०७६
‘महिलाहरू घरमा पनि मेकअप गरेर बस्नू, झगडा कम हुनेछ’– मलेसिया सरकारको अनौठो सुझाव

कोरोनाभाइरस संक्रमण रोक्नका लागि लकडाउन लगाइएकाले परिवारका सदस्यहरूले एकअर्कासँग समय बिताउन पाइरहेका छन् । तर यसक्रममा पतिपत्नीबीच झगडा बढिरहेको खबर पनि आइरहेका छन् । 

यस क्रममा मलेसिया सरकारले परिवारमा शान्ति कायम गर्न महिलाहरूलाई मेकअप गरेर बस्न अनि पतिलाई नसताउन सल्लाह दिएको छ । यो लैंगिक भेदभावपूर्ण सुझाव भन्दै विरोध भएको छ । 

मलेसियाको महिला मन्त्रालयले लकडाउनका बेलामा कसरी बस्ने भनी आफ्नो फेसबूक पेजमा टिप्स दियो । पोस्टमा पतिलाई टेन्सन नदिन महिलाहरूलाई सुझाव दिइएको छ । 

घरमा बस्दा राम्रो कपडा लगाएर बस्न अनि मेकअप गर्न पनि उनीहरूलाई सुझाव दिइएको छ । अनि भान्सा र बेडरूम सफा राख्दा मानसिक स्थिति सही रहने भनिएको छ । 

यसको व्यापक आलोचना भएपछि पोस्ट हटाइएको छ । 

आइसोलेसनमा बस्दा कैयौं महिलाले घरेलु हिंसा सहनुपरेको खबर छ । स्थानीय सञ्चारमाध्यममा आएका खबरअनुसार, सरकारी हेल्पलाइनमा पहिलेभन्दा ५० प्रतिशत बढी यस्ता कलहरू आइरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्