
राप्रपाले हेटौँडा उपमहानगरपालिका–१८ मा आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले तत्कालीन सुकुम्बासी आयोगले पहिचान गरेका सुकुम्बासीको तथ्याङ्कअनुरुप ती सुकुम्बासीलाई बसोबास र जग्गाको लालपुर्जा वितरण गर्न सरकारले तयारी गरिरहेको जानकारी दिनुभयो ।मन्त्री पाण्डेले राष्ट्रलाई सुशासन, आर्थिक समृद्धि र जनतालाई विकासको पूर्वाधारमा आत्मनिर्भर बनाउन स्थानीय तहको निर्वाचन अनिवार्य आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा राप्रपाका सहमहामन्त्री राजाराम बर्तौला, केन्द्रीय सदस्य, रेखा थापा, दीपबहादुर सिंह, सांसद गणेश थापालगायतले मधेसी दललाई पनि स्थानीय तहको निर्वाचनमा सहभागी गराउनुपर्ने बताउनुभयो । रासस