२५ जेठ २०८३, सोमबार

नेपालमा कोरोना संक्रमितको संख्या ६ पुग्यो, दोहाबाट आएका व्यक्तिमा संक्रमण

नेपालमा कोरोना संक्रमितको संख्या ६ पुग्यो, दोहाबाट आएका व्यक्तिमा संक्रमण

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या ६ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा कोरोना संक्रमण पाइएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार पत्रकार सम्मेलन गरी गरेको हो ।

नेपाल टेलिभिजनबाट लाइभ भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाको छैटौं संक्रमण भेटिएको पुष्टि गरेका हुन् ।

भेटिएका नयाँ संक्रमित चैत ४ गते दोहाबाट दोस्रो संक्रमित युवतीसँग एउटै प्लेनमा नेपाल आएको पाइएको छ । संक्रमितका बारेमा थप विवरण भने मन्त्रालयले खुलाएको छैन ।

संक्रमण भेटिएकामध्ये १ जना निको भएर फर्किसकेका छन् भने अन्य ५ जना आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्