१३ असार २०८३, शनिबार

कोरोना विश्व अपडेट : अमेरिकामा ८ हजार ४ सयको मृत्यु, भारतमा ९९ पुग्यो मृतकको संख्या

चैत २३, २०७६
कोरोना विश्व अपडेट : अमेरिकामा ८ हजार ४ सयको मृत्यु, भारतमा ९९ पुग्यो मृतकको संख्या

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण मृत्यु हुनेको संख्या आइतवार ६४ हजार ७ सय २७ पुगेको छ । यो संख्या शनिवार ५९ हजार १ सय ७२ तथा शुक्रवार ५३ हजार २ सय २ र बिहीवार ४७ हजार २ सय ४९ मात्र थियो । 

विश्वमा कोरोना संक्रमतिको संख्या आइतवार १२ लाख १ हजार ९ सय ६४ पुगेको छ । यो संख्या शनिवार १० लाख ९८ हजार ७ सय ६२ तथा शुक्रवार १० लाख १५ हजार ७ सय २७ र बिहीवार ९ लाख ३६ हजार १ सय ७० थियो । 

विश्वमै सबभन्दा धेरै संक्रमित रहेको अमेरिकामा मृतकको संख्या आइतवार ८ हजार ४ सय ५२ पुगेको छ । यो संख्या शनिवार ७ हजार ४ सय २ तथा शुक्रवार संख्या ६ हजार ७५ थियो  । आइतवारसम्म २ लाख ४६ हजार ६ सय ३८ जना निको भएका छन । 

अमेरिकामा संक्रमितको संख्या ३ लाख ११ हजार ३ सय ५७ पुगेको छ । यो संख्या हिजो २ लाख ७७ हजार ४ सय ७६ थियो । अमेरिकापछि संक्रमितको संख्या स्पेनमा देखिएको छ । चीनपछि भयाभहको स्थिती देखापरेको इटलीमा जस्तै स्पेन, जर्मनी र फ्रान्समा संक्रमतिको संख्या दिनदिनै बढेको छ । 

स्पेनमा संक्रमतिको संख्या १ लाख २६ हजार १ सय ६८ पुगेको छ भनेइटालीमा १ लाख २४ हजार ६ सय ३२ छ । जर्मनीमा ९६ हजार ५२ संक्रमित फेला परेका छन भने फ्रान्समा ८९ हजार ९ सय ५३ संक्रमित देखिएका छन् । 

मृत्यु संख्यामा सबभन्दा धेरै इटालीमा १५ हजार ३ सय ६२ पुगेको छ । इटालीपछि मृत्यु हुने देश स्पेनमा मृतकको संख्या ११ हजार ९ सय ४७ पुगेको छ । 

बेलायतमा कोरोनाका कारण मृतकको संख्या चीनमा भन्दा बढी भएको छ । चीनमा ३ हजार ३ सय २९ जनाको मृत्यु भएको छ भने बेलायतमा ४ हजार ३ सय १३ जनाको मृत्यु भएको अन्तराष्टिय समाचार संस्थाहरुले जनाएका छन । बेलायतमा संmत्रमितको संख्या ४१ हजार ९ सय ३ पुगेको छ । 

नेपालको दक्षिणी छिमेकी देश भारतमा कोरोनाका कारण ९९ जनाको मृत्यु भएको छ । भारतमा ३ हजार ५ सय ८८ जनालाई संक्रमण देखिएको छ । 

नेपालमा भने १ हजार ५ सय २१ जनाले स्वास्थ्य परीक्षण गराएका मध्ये ९ जनामा पोजेटिभ रिर्पोट देखिएकोमा १ जनालाईनिको भइसकेको छ । नेपालमा शनिवार मात्र ३ जनालाई संक्रमण देखिएको थियो । शनिवार पहिलो पटक विदेश नगएकी एक महिलामा संक्रमण फेला परेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्