२४ असार २०८३, बुधबार

सामाजिक सञ्जालमै बित्छ अधिकांशको समय

चैत २३, २०७६
सामाजिक सञ्जालमै बित्छ अधिकांशको समय

कोरोना भाइरस, ९कोभिड —१९ ०कोे जोखिम हुन नदिन जारी भएको लकडाउनलाई अधिकांशले  सामाजिक सञ्जालमा नै बिताउने गरेका छन् । 

    घरबाहिर निस्कन नपाएपछि आफूले सूचनाको भरपर्दो माध्ययमका रुपमा सामाजिक सञ्जालको प्रयोग गर्ने गरेको काठमाडौँका बिनोद फुँयाल बताउँछन्।

'सरकारले गरेको निर्णयप्रति मेरो पूर्ण रुपमा समर्थन छ, तसर्थ मैले घरभित्रै बसेर नियमको पालना गरिरहेको छु', उनले भने ।

कतिपय मानिस घरबाहिर निस्कने गरेकोमा भने उनको आक्रोस छ । उनी भन्छन्, 'सरकारले हाम्रै स्वास्थ्यको सुरक्षाको लागि नियम लागू गरेको छ, आखिर के का लागि नियमको उल्लङ्घन गरेको ?' नियमको उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको बुझाइ छ । 

    त्यस्तै प्रह्लाद चापागाईंको दैनिकी पनि सामाजिक सञ्जाल फेसबुक र युट्युव चलाएरै बित्ने गर्छ । उनले दिनहुँ युट्युवमा मनोरञ्जनात्मक सामग्री हेरेर समय बिताइरहेका छन् । मजदुरी गरेर जिविका चलाउने उनको जीवन भने केही कष्टकर नभएको होइन । 'सरकारले राहत सामग्री समयमै उपलब्ध गराइदिए खासै समस्या हुने थिएन्', उनले भने । 

    अधिकांश समय घरबाहिरै बिताउनेहरु लकडाउन आज तेह्र दिन भए पनि अझै थप्नुपर्ने माग राख्छन् । कोरना भाइरस  एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले केही साता लकडाउन थप्नुपर्ने भूगर्भविद अमृत ढकाल बताउँछन् । भन्छन्, 'अहिले सरकारको निर्णयलाई पूर्ण रुपमा पालना गर्नु अहिलेको बुद्धिमानी हो ।' सामाजिक सञ्जालमै समय बिताइरहेका उनी पहिले अधिकांश समय बाहिरै बिताउँथे । आजकल परिवारसँगै समय बिताउन पाउँदा उनी निकै हर्षित छन्। 

salt training

कमेन्ट गर्नुहोस्