कोरोनाभाइरस (कोभिड १९)ले विश्वव्यापी महामारी सिर्जना गरिरहेका बेला प्रदेश नम्बर ५ ले कोभिड १९ ट्र्याकिङ एप सञ्चालनमा ल्याएको छ ।
शंकास्पद लक्षण देखिएका व्यक्तिहरूको विवरण संकलन गरी उपचार, विदेशबाट आएका व्यक्तिहरू क्वारेन्टाइनमा बसे/नबसेको विवरण समेत यस एपमार्फत पठाउन सकिने मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले विज्ञप्तिमार्फत जनाएका छन् ।
प्रयोगकर्ताले आफ्नो तथा अरूको कोरोनाभाइरससँग सम्बन्धित विवरण पठाउन सक्ने विज्ञप्तिमा उल्लेख छ ।
उक्त एप गूगल प्लेस्टोर तथा प्रदेश ५ मुख्यमन्त्री पोर्टल http://www.cm.p5.gov.np/मा उपलब्ध रहेको विज्ञप्तिमा जनाइएको छ ।
हेर्नुहोस्, विज्ञप्ति :
