
सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि ५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको आइतबारको बैठकले स्थानीयस्तरमा पहुँच हुने स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तथा समितिका सदस्यसचिव नारायणप्रसाद बिडारीका अनुसार खटिने स्वयंसेविकाले अतिरिक्त भत्ता पाउनेछन्। साथै उनीहरुको बीमाको व्यवस्था हुनेछ।