
कोरोना भाइरसका कारण विश्व नै प्रताडित भएका बेला नेपाल पनि गत चैत ११ गतेदेखि लकडाउनमा छ। लकडाउनका कारण विपन्न वर्गलाई छाकटार्न धौधौ भएको भन्दै सरकारले राहत प्याकेज घोषणा गरेसँगै स्थानीय तहहरुले वितरण गरिरहेका छन्।
त्यस्तै राहत पाउनेमध्येका एक हुन् झापाको कनकाई ४ को सुकुम्बासी वस्तीका ५१ वर्षीय ठाकुरसिंह राई। उनले शुक्रबार कनकाई नगरपालिका ४ नम्बर वडा कार्यालयबाट कोरोना विपतको राहत बुझेका थिए।
विडम्बना उनको घरमा आगलागी भयो। र, अर्कै पोल खुल्यो।
बिर्तामोड, चैत्र २३ गते । झापाको कनकाई नगर २४ लाख ५० हजार भन्दा बढी नगद, डेढ तोला सुन र १८ तोला चाँदी रहेको पत्ता लागेको छ। कतिपय नोट जलेर नष्ट भएका छन्। राईको घरमा फेला परेको पैसा गन्न ३ घण्टा लागेको थियो।
प्रहरीका अनुसार राईले आफूले सो रकम आफ्नो जग्गा विक्रीबाट १२ लाख र त्यही रकमलाई गाउँमा ब्याजमा लगाएर जम्मा गरेको बताएका छन्।