
अमेरिकाको न्युयोर्कमा रहेको ब्रोंक्स चिडियाखानामा नाडिया नाम दिइएको बघिनीलाई कोरोनाभाइरस लागेको छ ।
चार वर्षीया बघिनीलाई सुक्खा खोकी लागेपछि स्वास्थ्य जाँच गर्दा कोरोना देखिएको र निको हुने अपेक्षा गरिएको ब्रोंक्स चिडियाखानाले जनाएको छ ।
चिडियाखानामा बघिनीका साथै अन्य पाँच बाघ र सिंहलाई श्वासप्रश्वासको समस्या देखिएपछि स्वास्थ्य परीक्षण गरिएको थियो । अन्य जनावरमा चाहिँ लक्षण देखिएको छैन ।
‘बाघ र सिंहहरूलाई खाना खान मन नलागेको भए पनि अन्य रोग छैन र पशुचिकित्सकहरूको स्याहार पाएर उनीहरू चनाखा छन् र कर्मचारीहरूसँग झ्याम्मिएका छन्,’ चिडियाखानाले जनायो ।
कर्मचारीले बाघलाई संक्रमण सारेको तर कर्मचारी लक्षण नदेखिएको वाहक भएको चिडियाखानाको भनाइ छ । मार्च १६ देखि सर्वसाधारणका लागि ब्रोंक्स चिडियाखाना बन्द छ ।
सीएनएनबाट