
राष्ट्र बैंकको भावी गभर्नरका लागि ३ जनाको नाम सिफारिश भएको छ ।
अर्थमन्त्री संयोजकत्वको सिफारिश समितिले राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, बहालवाला डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्व सचिव राजन खनालको नाम सिफारिश गरेको हो ।
स्रोतका अनुसार एक नम्बरमा अधिकारीको नाम छ ।
सिफारिश समितिमा अर्थमन्त्री डा. युवराज खतिवडा, पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्वसचिव कृष्णहरि बाँस्कोटा सदस्य थिए ।
अधिकारी अघिल्लोपटक पनि गभर्नरमा सिफारिश भएका थिए, त्यतिबेला चिरञ्जीवी नेपाललाई गभर्नर नियुक्त गरिएको थियो ।
शिवाकोटी बहालवाला डेपुटी गभर्नर हुन् भने खनालले केही समयअघि सचिवबाट अवकाश पाएका थिए ।