
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण बेलायतमा मृतकको संख्या ५ हजार नाघेको छ भने संक्रमितको संख्या ५१ हजार पुगेको छ ।
कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री बोरिस जोन्सनलाई अस्पतालको सघन उपचार कक्ष –आइसीयु)मा राखेर उपचार थालिएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।
चीनबाट शुरुभएको कोरोनाले यसअघि युरोपको इटली, स्पेन र फ्रान्समा शिथिल बनाएको थियो । पछिल्लो दिनमा बेलायतमा यसको संक्रमण तीब्र बनेको छ । कोरोनाको विश्वव्यापी अपडेट गरिरहेको वल्डजेरोमिटरका अनुसार मंगलवारसम्म बेलायतमा संक्रमितको संख्या ५१ हजार ६ सय ८ पुगेको छ ।
कोरोनाका कारण मृतकको संख्या ५ हजार ३ सय ७३ पुगेको छ भने १ सय ३५ जना उपचारपछि निको भएका छन । मंगलवारसम्म् विश्वमा ७४ हजार ६ सय ९७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १३ लाख ४६ हजार ५ सय ६६ पुगेको छ । २ लाख ७८ हजार ६ सय ९५ निको भएका छन् ।