०१ असार २०८३, सोमबार

तालीवानीको आक्रमणबाट १५० सैनिकको मृत्यु

कात्तिक २०, २०७४
तालीवानीको आक्रमणबाट १५० सैनिकको मृत्यु

काबुल, ९ वैशाख– तालिबानी बन्धुकधारीहरुले अफगानिस्तानको उत्तरी शहर मजार ए शरिफमा सय भन्दा बढी सैनिकलाई मारिदिएको अफगानीस्तानको रक्षा मन्त्रालयले शनिबार जनाएको छ ।

विद्रोहीहरुले एउटा सैन्य अखडामा रहेको मस्जिदमा शुक्रबारको साप्ताहिक प्रार्थना सकेर फर्किरहेका सैनिकहरु र चमेना गृहमा नास्ता गरिरहेका अन्य सैनिकहरुलाई लक्षित गरी आक्रमण गरेको मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

एक जना उच्च सैन्य अधिकारीले आक्रमणमा परी १५० जना सैनिकको मृत्यु भएको र अरु दर्जनौ घाईते भएको सञ्चार संस्था एएफपीलाई बताए ।

तालेबानीहरुले आफ्ना आक्रमणकारीले विस्फोन गराएको र आत्मघाति हमलाकारीले उक्त सैन्य शिविरको सुरक्षा घेरा तोडेको बताएका छन् ।

मजार ए शरिफमा रहेको सैन्य अखडा अफगान राष्ट्रिय सेनाको २०९ औँ पल्टन बस्ने गरेको छ । अफगानिस्तानको पश्चिमी क्षेत्रमा समर्थन प्राप्त सरकारले तालीबान र अरु विद्रोही समूहसँग लामो सयमदेखि लडाइँ गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्