०४ साउन २०८३, सोमबार

दुई महिनापछि परिवार भेट्न पाएपछि ग्वाँ ग्वाँ रोए चिनियाँ स्वास्थ्यकर्मी (भिडियो)

चैत २५, २०७६
दुई महिनापछि परिवार भेट्न पाएपछि ग्वाँ ग्वाँ रोए चिनियाँ स्वास्थ्यकर्मी (भिडियो)

चीनको हुबेइ प्रान्तमा दुई महिनासम्म कोरोनाभाइरसविरुद्ध लडेका स्वास्थ्यकर्मीहरूले परिवार भेट्न पाएपछि ग्वाँ ग्वाँ रोएको भावुक भिडियो सार्वजनिक भएको छ । 

फुजियानबाट गएको स्वास्थ्यकर्मीको टोलीमा १९४ जना सदस्य थिए । उनीहरू दुई महिनापछि घर फर्केका हुन् । 

उनीहरूले १४ दिनको क्वारेन्टीन अवधि पूरा गरे र अनि सोमवार आफ्नो परिवारलाई भेट्न पाए । फेब्रुअरी ११ मा उनीहरू घरबाट निस्केका थिए । 

देशभरिका स्वास्थ्यकर्मीहरू हुबेइमा उपचारका लागि पुगेका थिए तर अब उनीहरू क्रमशः त्यहाँबाट फर्कदैछन् । हुबेइ प्रान्तको राजधानी वुहानले बुधवारबाट लकडाउन हटाउँदैछ । 

स्वास्थ्यकर्मीहरूका पतिहरूले फूल लिएर पत्नीहरूको स्वागत गरेका थिए । बालबालिकाहरू आफ्ना डाक्टर आमाबुवालाई देखेर दौडिँदै अँगालो हाल्न पुगेका थिए । 

‘म विवाहको दिनमा छु अनि दुलहीलाई देख्दैछु जस्तो लाग्यो,’ एक नर्सका पति चियान सिआओहाङले स्थानीय सञ्चारमाध्यमलाई बताए । 

अर्को एक भावुक भिडियोमा एक चिनियाँ डाक्टरले कोरोनाविरुद्ध ५५ दिनको लडाइँपछि आफ्नो छोरोलाई भेटेको देखिन्छ । 

डाक्टरले ५ वर्षीय छोरोलाई वुहानबाट फर्केर आएपछि अँगालो हाल्न पाएनन् । 

डाक्टरले क्वारेन्टीनमा बस्नुपर्ने भएकाले बाउछोराले अँगालो हाल्न पाएनन् । 

कमेन्ट गर्नुहोस्