३० जेठ २०८३, शनिबार

भारतमा अप्रिल १४ पछि पनि लकडाउन कायम रहने सम्भावना बढ्यो

चैत २५, २०७६
भारतमा अप्रिल १४ पछि पनि लकडाउन कायम रहने सम्भावना बढ्यो

भारतमा २१ दिनका लागि लगाइएको लकडाउन (बन्दाबन्दी) अर्को मंगलवार सकिँदैछ । तर बन्दाबन्दी त्यसपछि पनि कायमै रहने लक्षण देखिएको छ । 

राज्य सरकारहरू र विशेषज्ञहरू बन्दाबन्दी हटाउने पक्षमा छैनन् र केन्द्र सरकारलाई थप्न आग्रह गरिरहेका छन् । केन्द्र सरकारले यसमा गम्भीरतापूर्वक विचार गरिरहेको बताइएको छ । 

तेलंगानाका मुख्यमन्त्री चन्द्रशेखर रावले सोमवार प्रधानमन्त्री नरेन्द्र मोदीलाई अहिलेको परिस्थितिमा बन्दाबन्दीको अवधि थप्न माग गरेका थिए । अन्य राज्यले पनि यस्तै संकेत दिएका छन् । 

उत्तर प्रदेश सरकारका मुख्यसचिव अवनीश कुमार अवस्थीले सोमवार लोकभवनमा मिडियालाई सम्बोधन गर्दै एकजना पनि कोरोना संक्रमित छुटेमा अहिलेसम्मको सबै प्रयास खेर जाने बताए । 

यस्तो अवस्थामा बन्दाबन्दी बढाइने नै देखिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्